५ जेष्ठ २०८१, शनिबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  17 April, 2023 11:59 am


काठमाडौँ । नेपाली बजारमा आज सोमबार छापावाला सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आइतबार एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रही आज सोमबार पनि सोही मूल्यमा नै कारोबार हुने जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ९ हजार ५०० रुपैयाँ कारोबरा मूल्य तोकिएको छ ।

सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघको जानकारी अनुसार आइतबार तोलाको १४५० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य स्थिर रहि सोही मूल्य कारोबार हुने मंहासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !