५ जेष्ठ २०८१, शनिबार

सम्झौताको ५ वर्षसम्म पनि संचालन भएन पेमेन्ट गेट वे

प्रकाशित मिति :  17 April, 2023 3:27 pm


काठमाडौं । सम्झौता भएको ५ वर्ष बितिसक्दापनि पेमेन्ट गेट वे संचालनमा आउन सकेको छैन । महालेखा परिक्षकको ६० औं प्रतिवेदनअनुसार २०७५ असार १९ गते सम्झौता भएपनि पेमेन्ट गेट वे अझै संचालन हुन नसकेको उल्लेख गरेको छ ।

सम्झौता अनुसार ९३.८६ प्रतिशत अर्थात १८ लाख ६७ हजार अमेरिकी डलर भुक्तानी गरेपनि संचालनमा आउन नसेकोको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सरकारी नियकाय संचालनसम्बन्धी एकीकृत विद्युतिय प्रणाली निर्देशिका– २०७८ मा सरकारी निकायबाट सम्पादन हुने कार्यहरुलाई एउटै विद्युतीय प्रणालीमार्फत सरल र प्रभावकारीरुपमा सम्पादन गर्ने प्रयोजनको लागि सूचना प्रविधि विभागले सरकारी निकाय संचालनसम्बन्धी एकीकृत विद्युतीय प्रणालीको स्थापना गर्ने प्रावधान रहेको छ ।

उक्त प्रावधानअनुसार मुलुक भित्र र बाहिरबाट हुने भुक्तानीलाई पूर्णरुपमा विद्युतीय माध्यामबाट गर्ने उद्देश्यले राष्ट्रिय पेम्पेन्ट गेट वेको लागि २०७५ साल असार १९ गते १९ लाख ८८ हजार अमेरिकी डलरमा खरिद सम्झौता भएको थियो । हालसम्म १८ लाख ६७ हजार अमेरिकी डलर भुक्तानी भएको छ ।



प्रतिक्रिया दिनुहोस !