५ जेष्ठ २०८१, शनिबार

मंगलबार पनि स्थिर रह्यो सुनको मूल्य

प्रकाशित मिति :  18 April, 2023 11:25 am


काठमाडौँ । आज मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज मंगलबार पनि छापावाला सुनको मूल्य स्थिर रहि तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ९ हजार ५०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर तोलाको १४३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा सुनको मूल्य तोलाको एक लाख १० हजार र चाँदी १४४० रुपैयाँ रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !