३ पुस २०८२, बिहिबार

सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति :  19 April, 2023 11:54 am


काठमाडौँ । आज बुधवार छापावाला सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज बुधवार छापावाला सुनको मूल्य तोलाको ३०० रुपैयाँ बढेर तोलाको एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ९ हजार ७५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलाको १४३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार तोलाको १० रुपैयाँ बढेर तोलाको १४४५ रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !