जनताको काम छिटो छरितो गर्न उद्योगमन्त्रीको निर्देशन
पर्सा । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जनताको कामहरु छिटो छरितो गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
पर्सा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला भरिका सरकारी कार्यालय प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रममा मन्त्री रिजालले पर्साको ठोरी, निर्मलबस्ती र बिजयबस्तिको जग्गा अहिलेसम्म हाल साबिक हुन नसकेको प्रति प्रश्न गर्दै, जनतालाई सास्ती नदिई सहज तवरले कामहरू सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
यस क्षेत्रका स्थानीय जनतालाई पुरानो नापिले लालपुर्जा हस्तान्तरण गरे पनि नयाँ लालपुर्जा र हाल साबिक हुन भने सकेको छैन । मन्त्री रिजालले कामका लागि आउने जनतालाई कार्यालयमा झारोटार्ने अनि कुरा ब्यगयाउने जस्त गुनासाहरु दिनहु आउने गरेको समेत कर्मचारीहरुलाई अवगत गराए ।
कहाँ ग्यारेन्टी बस्नु पर्छ म बस्छु तर जनताको काम गरेर देश बनाउने अभियानमा लाग्नुसू भन्दै मन्त्री रिजालले देशमा रहेको आर्थिक संकटसंग लडन कर्मचारीहरुको अहम भुमिका रहने बताउनु हुदै काधमा काध मिलाएर अघि बढ्न समेत निर्देशन दिनु भएको छ ।








