यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल सुदूर पश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आँशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
त्यस्तै दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको संभावना रहेको छ।
महाशाखाको जानकारी अनुसार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ।
मधेस र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








