सुनको मूल्य सस्तियो
प्रकाशित मिति : 20 April, 2023 12:20 pm
काठमाडौँ । आज बिहिबार सुनचाँदी बजारमा सुनको मूल्य सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलाको ५०० रुपैयाँ घटेर तोलाको एक लाख ९ हजार ८०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ९ हजार ३०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार बुधवार तोलाको १४४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रहि आज बिहिबार पनि सोही मूल्यमा नै कारोबार हुने महासंघले जनाएको छ ।








