३ पुस २०८२, बिहिबार

अक्षय तृतीयामा पशुपतिमा दर्शनार्थीको भीड

प्रकाशित मिति :  23 April, 2023 11:42 am


काठमाडाैँ । आज अक्षय तृतीया । काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि आज दर्शनार्थीहरुको पूजा आराधना र दिन दुःखीहरुलाई विभिन्न अन्न, वस्त्र आदि दान गर्नेहरुको भीड लागेको छ ।

आजकै दिन महादेव र देवी पार्वतीको विवाह भएको शास्त्रोक्त कथन छ । अक्षय तृतीया पर्वमा सर्वत खाँदा र खुवाउँदा पुण्यप्राप्त हुने जनविश्वास रहेको छ । यस पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ ।

हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । जौ र चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै अक्षय तृतीया पर्व मनाउने गरिन्छ ।

अक्षय तृतीयामा व्राह्मण, कुलपुरोहित तथा गरिवलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्दा अन्न भण्डार कहिल्यै खालि नहुने कथन रही आएको छ । अक्षय तृतीया पर्वलाई सुख र समृद्धिको प्रतिक समेत मानिन्छ ।

यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा  शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवद्र्धक अन्न जौ र चनाको सातु खाने परम्परा रहेको पनि छ ।   



प्रतिक्रिया दिनुहोस !