३ पुस २०८२, बिहिबार

‘यात्री’ समेत स्वदेशी सवारी दर्ता प्रकृया सहज बनाइनेछः प्रधानमन्त्री

प्रकाशित मिति :  23 April, 2023 12:02 pm


काठमाडाैँ । स्वदेशमा उत्पादित सवारी साधन दर्ता प्रकृया अहज हुँदा उद्यम गर्नेहरू पलायन हुन थालेकाे भन्ने समाचारप्रति प्रधानमन्त्री पुष्पकमल दाहालकाे ध्यानाकर्षण भएकाे छ । यस विषयलाई गम्भीरतापूर्वक लिएर समस्या समाधानकाे प्रकृया अगाडि बढाएकाे उनले बताएका छन्।

“‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु। सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,” प्रधानमन्त्रीले भनेका छन्।

यात्री माेटरसाइकलकाे उत्पादन स्वदेशमै गरेर बजारीकरण गर्न असहज भएकाे भन्दै विभिन्न मिडियामा समाचार आएपछि सरकारकाे आलाेचना भएकाे हाे । यद्यपी यात्रीले दर्ता प्रकृयामा समस्या देखिए पनि समाचारमा आएजस्ताे स्वदेशबाट पलायन भने नभएकाे जनाएकाे छ।



प्रतिक्रिया दिनुहोस !