यी ४ प्रदेशमा वर्षाको सम्भावना, तराईका केही स्थानमा हावाहुरी
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा/हुरीको सम्भावना रहेको छ।
त्यस्तै राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
तराईका केही स्थानहरूमा हावा\हुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्ग, हावा\हुरीबाट हुन सक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।






