१ पुस २०८२, मंगलबार

यस्तो छ आजको मौसम

प्रकाशित मिति :  25 April, 2023 7:25 am


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार आज बिहान कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा\हुरीको सम्भावना रहेको छ।

त्यस्तै राति कर्णाली प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !