५ असार २०८१, मंगलबार

गोरखा भूकम्पको आठ वर्ष पूरा

प्रकाशित मिति :  25 April, 2023 8:25 am


काठमाडौँ । आज वैशाख १२ गते २०७२ सालमा गएको भूकम्प गएको आठ वर्ष पूरा भएको छ ।

वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७‍‍.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पमा परी ८ हजार ८९१ जनाभन्दा बढीको मृत्यु भएको थियो भने २२ हजार ३०० बढी घाइते भएका थिए । भूकम्पका कारण ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए ।

भूकम्पबाट गोरखा, सिन्धुपाल्चोक, रसुवा, ओखलढुङ्गा, दोलखा, रामेछाप, काभ्रेपलान्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, नुवाकोट, धादिङ, र मकवानपुर क्षेत्रमा बढी क्षति पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस !