२ पुस २०८२, बुधबार

तोलामा ४०० रुपैयाँ बढ्यो सुन

प्रकाशित मिति :  25 April, 2023 11:37 am


काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलाको ४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार सोमबार तोलाको एक लाख ९ हजार १०० रुपैयाँ कारोबार भएको छापावाला सुनको मूल्य तोलाको ४०० रुपैयाँ बढेर तोलाको एक लाख ९ हजार ५०० रुपैया कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ९ हजार रुपैयाँ तोला रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार सोमबार १४२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रहि सोही मूल्यमानै कारोबार हुने महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !