सातवर्षमा पाँच हजार सहकारी कोपोमिसमा आवद्ध, अधुरो विवरण पेस : महालेखा
काठमाडौँ । सातवर्षसम्म सहकारी सफ्टवयेर कोपोमिसमा पाँच हजार संस्थाहरू आवद्ध भएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७३ चैतबाट सुरु गरेको सफ्टवेयर कोपोमिसमा ५ हजार ३१५ संस्थाहरू आवद्ध भएकाे महालेखा परिक्षक कार्यालयको ६० औं प्रतिवेदनले जनाएकाे छ ।
महालेखाका अनुसार विभागले पेस गरेको विवरणमा बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारीको संख्या नखुले पनि कुल ३० हजार ८७९ मध्ये ५ हजार ३१५ (१७।२१) प्रतिशत यस प्रणालीमा आवद्ध भएका र आवद्ध भएका सहकारीमध्ये कतिपयले अधुरो विवरण पेस गरेका छ ।
सहकारी नियमावली, २०७५ को नियम ७२ ९२० मा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले रु ५ करोड वा सोभन्दा बढी रकमको बचत दायित्व भए नियमावली प्रारम्भ भएको मितिले १ वर्षभित्र र सोभन्दा घटी दायित्व भए तीन वर्षभित्र यस प्रणालीमा आबद्ध भइसक्नुपर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनमा भनिएको छ, “उक्त प्रणालीमा आबद्धताका लागि प्रत्येक वर्ष डाटा इन्ट्री, तालिम, अनुगमन, सिस्टम स्तरोन्रति, सपोर्ट सर्भिसमा वर्षेनी खर्च गरेतापनि न्युन रहेको छ । प्रणालीमा आबद्ध नहुने सहकारीको अनुगमन गरी कोपोमिस प्रणालीको पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्दछ ।”








