३ पुस २०८२, बिहिबार

विवादास्पद व्यापारीबाट सरकार सर्तक हुनुपर्‍यो : रामहरी खतिवडा

प्रकाशित मिति :  25 April, 2023 3:40 pm


काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सरकार विवादास्पद व्यापारीहरूबाट सर्तक हुनेपर्ने बताएका छन् । मंगलबार संसद बैठकमा बोल्दै खतिवडाले विवादास्पद व्यापारीहरूलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको भन्दै सर्तक हुन आग्रह गरेका हुन् ।सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको छ । हिमालय एक्सचेन्जका नाउमा नयाँ स्टक एक्सचेन्ज लिन लाग्दैछ भन्ने सुन्नमा आएको छ ।’
कहिले सिसी क्यामेरा काट्नेहरू कहिले सम्पत्ती शुद्धीकरणमा पर्ने व्यापारीहरूबाट सरकार सर्तक रहन आवश्यक रहेको खतिवडाले बताए ।
उनले कहिले संसद किन्छु भन्ने, कहिले संसद किन्छु भन्ने, कहिले देशै किन्छु भन्ने विवादास्पद व्यापारीहरूबाट मुक्त हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !