३ पुस २०८२, बिहिबार

नेप्सेमा १७ अंकको वृद्धि

प्रकाशित मिति :  25 April, 2023 4:13 pm


काठमाडौ । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक १७ अंकले बढे पनि कारोबार रकम भने एक अर्ब मुनि नै रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयरमापक सूचक १७.३६ अंकले बढेर १९०५.६८ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ४.२७ अंकले बढेर ३६३.६५ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमूहमध्ये एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी १२ वटा उपसमूहको सेयर मूल्य घटेको छ ।

मंगलबार नेप्सेमा कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड ९१ हजार ५ सय ५७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

त्यस्तै आज सनराइज ब्लू चिप फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको सेयरमूल्य १० प्रतिशतले बढेर नकरात्मक सर्किट लागेको छ ।

कुल २६४ कम्पनीको २७ लाख ५ सय ७० कित्ता सेयर किनबेच हुँदा ८८ करोड ५५ लाख ७८ हजार २ सय ७० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !