तोलामा २०० रुपैयाँ बढ्यो सुन
प्रकाशित मिति : 26 April, 2023 11:32 am
काठमाडौँ । बुधवार नेपाली बजारमा सुनको मूल्य तोलाको २०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार मंगलबार तोलाको एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँ बढेर तोलाको एक लाख ९ हजार ७०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको ५ रुपैयाँ घटेर प्रतितोला १४१५ रुपैयाँ कारोबार मुल्य ताकिएको छ ।








