यी प्रदेशमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना
प्रकाशित मिति : 27 April, 2023 8:35 am
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरुमा सामान्य देखि आँशिक बदली तथा बाँकी भू-भागहरुमा मौसम आँशिक बदली देखि समान्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।








