१ पुस २०८२, मंगलबार

सुनको मूल्य घट्यो, चाँदी स्थिर

प्रकाशित मिति :  27 April, 2023 12:56 pm


काठमाडौँ । आज बिहिबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको १०० रुपैयाँ घटेर तोलाको एक लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ९ हजार १०० रुपैयाँ कारोबार मुल्य तोकिएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको जानकारी अनुसार बुधवार १४१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार स्थिर रहि सोही मूल्यमा नै कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !