१ पुस २०८२, मंगलबार

बाजुराको दहकोट केन्द्रबिन्दु भएर २ पटक भूकम्प

प्रकाशित मिति :  28 April, 2023 8:08 am


काठमाडौँ । बाजुरा केन्द्रविन्दु भएर गएराति दुई पटक भूकम्प गएको छ ।

बिहिबार राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोट रहेको थियो । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण संकलन गर्न प्रहरी परिचालन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !