१ पुस २०८२, मंगलबार

प्रतितोला ५०० रुपैयाँ घट्यो सुन, कतिमा भयो कारोबार ?

प्रकाशित मिति :  28 April, 2023 11:27 am


काठमाडौँ । नेपाली बजारमा आज साताको अन्तिम दिनको सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज शुक्रबार छापावाला सुनको मूल्य तोलाको ५०० रुपैयाँ घटेर तोलाको एक लाख ९ हजार १०० रुपैयाँ कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ८ हजार ६०० रुपैयाँ कारोबार मुल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहिबार तोलाको १४१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलाको ५ रुपैयाँ घटेर तोलाको १४१० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !