सुनको मूल्य बढ्यो
प्रकाशित मिति : 30 April, 2023 11:45 am
काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको १०० रुपैयाँमा बढेर तोलाको एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य तोलाको एक लाख ८ हजार ७०० रुपैयाँ कारोबार मूलय तोकिएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघको जानकारी अनुसार तोलाको ५ रुपैयाँ बढेर तोलाको १४१५ रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।








