६ जेष्ठ २०८१, आइतबार

बन्देजको नीतिबाट शैक्षिक समस्या समाधान हुन सक्दैनः अध्यक्ष पाण्डे

प्रकाशित मिति :  30 April, 2023 5:46 pm


काठमाडाैँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले राज्यले अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्राप्त गर्नसक्ने वातावरण सर्जना गर्न सक्नु पर्ने बताएका छन्।

आईतवार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको राज्यको नेतृत्व समयानुकुल परिवर्तन नहुँदा पुरानै मानसिकतामा शिक्षा ऐनहरु बन्ने गरेको बताए। उनले नेपाली विद्यार्थीको आवश्यक्ता अनुसारको शिक्षा नीति बनाउन नसक्दा विद्यार्थीहरु विदेश जाने क्रम बढेको बताए।

एनओसी बन्द गरेर मात्रै समस्या समाधान हुन नसक्ने चर्चा गर्दै उनले बन्देजको नीतिबाट मात्रै देशको सम्पूर्ण समस्या समाधान हुने हो भने राहदानी दिन बन्द गर्नुपर्ने तर्क गरे।

“शिक्षा रोजगारीसँगै जोडिन्छ । केही वर्ष यहीँ पढेर पनि त्यही सरकारले ल्याएको फ्रि भिसा फ्रि टिकटमा नीतिअन्तर्गत खाडी जानुभन्दा मेरो परिवार सम्पन्न छ, म विकसित हुन्छु भन्ने सोचले नेपाल बाहिर पढ्न जान लागेका छन्,” उनले भने, “बन्देजको नीतिबाट मात्रै देशको सम्पूर्ण समाधान हुन्छ भने राहदानी दिन बन्द गरौँ, सबै नेपालमै बसेर खेतबारी जोत्ने, कलकारखाना चलाउनेतिर लाग्छन् । होइन भने हाम्रो शिक्षाभित्र अन्तर्राष्ट्रिय रुपमा हाम्रा विद्यार्थीले प्राप्त गर्नसक्ने अवसर यही सिर्जना गर्नुपर्छ।”

अध्यक्ष पाण्डेले नेपालको शिक्षामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सिर्जना गर्नुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !