१ पुस २०८२, मंगलबार

आज १३४ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै

प्रकाशित मिति :  1 May, 2023 8:11 am


काठमाडाैँ । आज मे १, विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम आयाेजना गर्दै याे दिवस मनाइँदैछ ।

सरकारले मजदुर दिवसमा सार्वजनिक बिदा दिने गरेकाे छ। मजदुर दिवसकाे अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रदेश प्रमुख तथा सभामुखलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् । 

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरण गर्दै विश्वभर मजदुर दिवस मनाइन्छ ।

सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेयता हरेक वर्ष मे १ मा विश्वभर मजदुर दिवस मनाइने गरिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !