सुनचाँदीको मूल्य सस्तियो, कतिमा भयो कारोबार ?
प्रकाशित मिति : 2 May, 2023 11:37 am
काठमाडौँ । आज मंगलबार सुनचाँदी बजारमा सुनको मूल्य सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज मंगलबार छापावाला सुनको मुल्य तोलाको २०० रुपैयाँले घटेर तोलाको एक लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन तोलाको एक लाख ८ हजार ३०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीका मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १० रुपैयाँ घटेर तोलाको १४०५ रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ ।








