१ पुस २०८२, मंगलबार

अटो शो आयोजना गर्ने मिति तोकिएको छैन : अध्यक्ष थापा

प्रकाशित मिति :  2 May, 2023 5:59 pm


काठमाडौँ । कोभिड १९ र सरकारले गाडी आयातमा लगाएको प्रतिबन्धका कारण करिब तीन वर्षसम्म नभएको नाडा अटो शो यस वर्ष हुने भनेपनि कहिले हुने भन्रे विषय निश्चित भएको छैन ।

नाडा अटो मोबाइल्स एशोसिएशनका अध्यक्ष धुव्र थापाले यसवर्ष आयोजना हुने नाडा अटो शो सञ्चालन हुने आधिकारीक मिति तोक्ने निर्णय नभएको बताएका छन् । उनले भने “केही दिन अघि बसेको बैठकले अटो शो गर्ने निर्णय गरेको हो । तर कहिले गर्ने भन्रे विषयमा हामीले व्यवासायीदेखि सबै सरोकारवाला निकायसँग छलफल गरेर नै निर्णय गर्छौ । ’’

थापाले यो वर्ष हुने नाडा अटो शोमा विद्युतीय गाडीदेखि पेट्रोलियम गाडीहरु एकै ठाउँमा प्रर्दशन गर्ने र कहिले गर्ने भन्रे विषय पनि छिटो नै सार्वजनिक गर्ने बताएका छन् । “बाहिर केहि सञ्चारमाध्यमा आएजस्तो, नाडा अटो शो आयोजना गर्ने मिति तोकिएको छैन्, थप छलफलपछि मात्रै यो विषय टुंगोमा पुग्छ,” थापाले भने ।

गत वर्ष २०७९ भदौमा हुने भनिएको अटो शो सरकारले कार, जीप, भ्यान, १५० सीसी माथिका मोटरसाइकल लगायतको आयातमा प्रतिबन्ध लम्ब्याएपछि अन्तिम समयमा एक्स्पो स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस !