१ पुस २०८२, मंगलबार

यी चार प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना

प्रकाशित मिति :  3 May, 2023 7:27 am


सांकेतिक तस्बिर

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च भू–भागमा हिमपात पनि भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाको जानकारी अनुसार राति देशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक\दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !