१ पुस २०८२, मंगलबार

तोलामै १८०० रुपैयाँ बढ्यो सुन, कति छ आजको मूल्य ?

प्रकाशित मिति :  3 May, 2023 11:22 am


काठमाडौँ । आज वुधबार सुनचाँदी बजारमा सुनको मुल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको एक हजार ८०० रुपैयाँले बढेर प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १० हजार ५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघको जानकारी अनुसार चाँदी तोलाको २० रुपैयाँ बढेर तोलाको १४२५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारमा चाँदी प्रतितोला १४०५ रुपैयाँ रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !