३ पुस २०८२, बिहिबार

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

प्रकाशित मिति :  4 May, 2023 11:01 am


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज बिहिबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला १२०० रुपैयाँले बढेर तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भई नयाँ रेकर्ड बनाएको छ ।

वुधवार पनि छापावाला सुनको मूल्य तोलाको १८०० रुपैयाँ बढेर तोलाको एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ११ हजार २५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि उकालो लागेर तोलाको १४४५ रुपैयाँमा कारोबार भइरहेको छ । वुधवार चाँदी तोलाको १४२० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !