८ जेष्ठ २०७९, आइतबार

चिकित्सक कुटपिटमा संलग्न डिएसपीलाई बृत्त प्रमुखको जिम्मेवारीबाट हटाइयो, छानविन सुरु

प्रकाशित मिति :  16 April, 2020 1:16 pm


काठमाडाैं, ४ वैशाख । 

चिकित्सक कुटपिटमा संलग्न चिकित्सक कुटपिटमा संलग्न महानगरीय प्रहरी वृत्त महाराजगंज काठमाण्डौंका प्रहरी नायब उपरीक्षक डिएसपीलाई जिम्मेबारीबाट हटाईएको छ ।

महानगरीय प्रहरी कार्यालयले रानीपोखरीले विज्ञप्ति निकाल्दै डिएसपी उमेश लम्साललाई फिर्ता बोलाएको जनाकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘उक्त घटनामा संलग्न रहेका महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई प्रमुखको जिम्मेबारीबाट हटाई यस कार्यालयमा झिकाईएको साथै उक्त घटनामा संलग्न अन्य प्रहरी कर्मचारीलाई यस कार्यालयमा झिकाई आवश्यक छानविन कार्य भइरहेको ब्यहोरा समेत जानकारी गराईन्छ ।’

घटनाको छानविन गर्न प्रहरी उपरिक्षक किरण बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिका सदस्यमा प्रहरी उपरिक्षक मुकेस सिंह र प्रहरी नायव उपरिक्षक होबिन्द्र बोगटी छन् ।

राष्ट्रिय आवासीय चिकित्सक संघले त्रिवि शिक्षण हस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सक डयूटी सकेर फर्कन क्रमममा कान्ती बाल अस्पतालमा पछाडि ओरालोमा बुधबार बेलुका प्रहरीले हातपात र लाठी चार्ज गरेको भन्दै घटनामा संलग्नलाइ कारवाहीको माग गरेको थियो ।

प्रहरीले घटनाप्रति दुःख व्यक्त गर्दै प्रहरी कर्मचारीहरुबाट विभिन्न पेशाकर्मी तथा आम नागरिकहरुप्रति गरिने ब्यवहारमा कहिकतै कमि कमजोरी हुन नदिने प्रतिबद्धता समेत जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !