सुनको मूल्य प्रतितोला १२०० रुपैयाँ घट्यो
प्रकाशित मिति : 7 May, 2023 11:38 am
काठमाडौँ । आज आइर्तबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज आइतबार छापावाला सुनको मूल्य प्रतितोला १२०० रुपैयाँ घटेर तोलाको एक लाख १० हजार ६०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १० हजार ५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार अघिल्लो कारोबारमा प्रतितोला १४४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रहि सोही मूल्यमानै कारोबार हुन महासंघले जनाएको छ ।






