३ पुस २०८२, बिहिबार

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

प्रकाशित मिति :  8 May, 2023 11:03 am


काठमाडौँ । आज सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायीले महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले बढेर तोलाको एक लाख १० हजार ९०० रुपैयामा कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख १० हजार ३५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार स्थिर रहि १४४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज सोमबार पनि स्थिर रहि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !