३ पुस २०८२, बिहिबार

सुनको मूल्य बढ्यो, कतिमा भयो कारोबार ?

प्रकाशित मिति :  9 May, 2023 11:58 am


काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको ३०० रुपैयाँ बढेर प्रतितोला एक लाख ११ हजारर २०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको जानकारी अनुसार चाँदी पछिल्लो ३ दिनदेखि स्थिर रहि तोलाको १४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुनको मूल्य तोलाको एक लाख १० हजार ९०० र चाँदी १४४५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !