२० बैशाख २०८१, बिहिबार

रोल्पाको सुनिलस्मृति गाउँपालिकाद्वारा २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनि,के के छन् प्राथमिकतामा ?

प्रकाशित मिति :  9 May, 2023 7:54 pm


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

अध्यक्ष मणिराम बुढाथोकीले सुनिलस्मृति गाउँपालिका गाउँ सभाको १४ औँ अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गरेका हुन् । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सुनिलस्मृति पहिलो पालिका बनेको छ ।

विगतमा असारमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरिए पनि यसपटक गाउँपालिकाले छिटो सार्वजनिक गरेको छ । स्थानीय तहले असार १० गते बजेट सार्वजनिक गर्ने गर्दछन् ।

गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम



प्रतिक्रिया दिनुहोस !