प्रि-बजेट छलफलको अन्तिम दिन आज, अर्थमन्त्रीले आजै जवाफ दिने
प्रकाशित मिति : 10 May, 2023 9:11 am
काठमाडौँ । आज प्रि-बजेटको छलफलको अन्तिम दिन सांसदहरूले राखेका जिज्ञासाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँने कार्यसूची छ ।
आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
अर्थमन्त्री महतले राष्ट्रिय सभामा सांसदहरुले उठाएका सवालको जबाफहरू भने मंगलबारनै दिइसकेका छन् ।
अाज प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।








