३ पुस २०८२, बिहिबार

यी प्रदेशमा वर्षाको सम्भावना

प्रकाशित मिति :  12 May, 2023 8:03 am


सांकेतिक तस्बिर

काठमाडौँ । हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार कोशी प्रदेश र मधेश प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

आज दिउँसो कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाको जानकारी अनुसार राति कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।



प्रतिक्रिया दिनुहोस !