तोलामा ८०० रुपैयाँ घट्यो सुन
प्रकाशित मिति : 12 May, 2023 11:45 am
काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार बिहिबार तोलाको एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार तोलाको ८०० रुपैयाँ घटेर प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
त्यस्तै अजा तेजावी सुनको मूल्य तोलाको एक लाख १० हजार २५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्यमा भने भारी गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँ घटेर तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी ताृलाको १४३० रुपैयाँमा कारोबार भएको थियो ।








