नयाँ स्टक एक्सचेन्सको प्रक्रिया तत्कालको लागि रोक्ने मन्त्रिपरिषद्को निर्णय
प्रकाशित मिति : 12 May, 2023 1:03 pm
काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया रोकिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लागि अघि बढाएको प्रक्रिया रोक्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरी तिमिल्सिनाले बताए ।
नयाँ स्टक एक्सेचन्जको लाइसेन्सका विषयमा संसद देखि मिडियामा भ्रष्टाचारका विभिन्न प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्णय सरकारले गरेको हो।
करोडौं रकमको चलखेल गरी केही सीमित व्यापारिक घरानाहरुसँगको सेटिङमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन खोजिएको भन्दै करोडौं रुपैयाँको चलखेल हुन लागेको चौतर्फी आलोचना हुने गरेको छ ।








