आजदेखि नेपाल रिपब्लिक मिडियाको आईपीओमा आवेदन दिन सकिने
काठमाडौँ । आजदेखि नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्काशन गर्दैछ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले ४ लाख ३५ हजार ३०० कित्ता शेयर निष्काशन गर्न लागेको हो । इच्छुक लगानीकर्ताले कम्पनीको आईपीओमा जेठ १४ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।








