३ पुस २०८२, बिहिबार

नेप्सेमा झिनो सुधार, माई खोला हाइड्रोमा नेगेटिभ सर्किट

प्रकाशित मिति :  16 May, 2023 4:08 pm


काठमार्डौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा झिनो अंकको सुधार आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३.३१ अंकले घटेर १८२१.६२ अंकमा पुगेको छ ।
त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक भने ०.०८ अंकले घटेर ३४८.९३ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका १३ उपसम्हमध्ये २ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार कारोबार रकमका आधारमा एनआईसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५ करोड १ लाख ४६ हजार ३ सय ६१ रुपैयाँको कारोबार भएको हो ।

आजको दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन माईखोला हाइडोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २६९ कम्पनीको २० लाख ६३ हजार ७ सय ३७ कित्ता सेयर किनबेच हुँदा ६४ करोड १ लाख १७ हजार २ सय ६० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !