१३ बैशाख २०८१, बिहिबार

आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र  निजी क्षेत्रबीच सहकार्य आवश्यकः मन्त्री रिजाल

प्रकाशित मिति :  16 May, 2023 5:45 pm


काठमाडाैँ । उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै मन्त्री रिजालले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि प्रभावकारी रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए । स्वदेशी वस्तुको उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्य आर्जनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने मन्त्री रिजालकाे भनाइ छ ।

उहाँले सरकारले उद्योग परिसंघसँगको सहकार्यमा सञ्चालन गरेको मेक इन नेपाल अभियानले नेपाली उत्पादन तथा सेवाको वृद्धि गरी प्रवद्र्धन र निर्यातमा सकारात्मक भुमिका खेल्ने विश्वास रहेको बताए । सरकार लगानीमैत्री वातावरण निर्माण गरी आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार र समृद्धिका लागि प्राकृति स्रोतको उपभोग गर्न आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको जिकीर गरे । 

‘स्वदेशमा उत्पादन उपभोग साथै रोजगारी तथा आर्य आर्जनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा क्रमिक विकासको उद्देश्य प्राप्तिका लागि उद्योग मन्त्रालय र उद्योग परिसंघको सहकार्यमा संञ्चालनमा आएको मेक इन नेपाल अभियानले नेपाली उत्पादन तथा सेवाको वृद्धि गरी प्रवद्र्धन र निर्यातमा सकारात्मक भुमिका खेल्ने विश्वस्त छौं, उनले भने, आत्मनिर्भर अर्थतन्त्रका लागि सरकार निजी क्षेत्रबीच सहकार्य प्रभावकारी रुपमा आवश्यक रहेको छ । औद्योगिकरणको उचित विकास बिना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव छैन । स्वदेशी वस्तुको उत्पादन र प्रवद्र्धन निर्यात बढाउन गरिनुपर्ने नीति तथा व्यवहारिक पक्षका विषयमा मन्त्रालय तयार छ ।’



प्रतिक्रिया दिनुहोस !