सुनको मूल्य ह्रातै घट्यो, कतिमा भयो कारोबार ?
प्रकाशित मिति : 17 May, 2023 11:46 am
काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य ह्रातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको ११०० रुपैयाँले सस्तिएर तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ९ हजार ५०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य पनि घटेकाे छ । पछिल्लो ६ दिनदेखि स्थिर रहेको चाँदीको मूल्य आज बुधबार तोलाको ५ रुपैयाँले घटेर तोलाको १३७० रुपैयाँ कारोबार रकम तोकिएको छ ।








