४ पुस २०८२, शुक्रबार

तोलामा ८०० रुपैयाँ बढ्यो सुन, कतिमा भयो कारोबार ?

प्रकाशित मिति :  21 May, 2023 11:19 am


काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मुलय तोलाको ८०० रुपैयाँ बढेर तोलाको एक लाख १० हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार स्थिर रहि १३७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज आइतबार तोलाको १५ रुपैयाँ बढेर तोलाको १३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !