बालकृष्ण खाणलाई भेट्न हिरासतमा पुगिन् मञ्जु
प्रकाशित मिति : 22 May, 2023 11:10 am

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना श्रीमान् बालकृष्ण खाणलाई भेट्न सांसद मञ्जु खाणले प्रहरी परिसर काठमाडौं पुगेकी छन् ।
सोमबार बिहान बालकृष्ण खाँणलाई भेट्न मञ्जु प्रहरी कार्यालय पुगेकी हुन। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाण १२ दिन अघि चावहिलबाट पक्राउ परेका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि मञ्जु सम्पर्कविहीन भएकी थिइन् । मञ्जु जेठ ४ गते संसद् बैठकमा भने उपस्थित भएकी थिइन्।
प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला मञ्जु श्रीमान् भेट्न जिल्ला प्रहरी कार्यालय पुगेकी हुनु ।