४ पुस २०८२, शुक्रबार

सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढ्यो

प्रकाशित मिति :  24 May, 2023 11:24 am


काठमाडौँ । नेपाली बजारमा आज वुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६०० बढेर तोलाको एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलाको १३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १३६०रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !