७ बैशाख २०८१, शुक्रबार

सुनको मूल्यमा गिरावट, कतिमा भयो आजको कारोबार ?

प्रकाशित मिति :  25 May, 2023 11:20 am


काठमाडौँ । नेपाली बजारमा आज बिहिबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार वुधबार तोलाको एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहिबार तोलामा १००० रुपैयाँले घटेर तोलाको एक लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ८ हजार ३०० रुपैयाँमा कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघको अनुसार चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको १३५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ । वुधबार चाँदी तोलाको १३६० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !