सुनचाँदीको मूल्य घट्यो
प्रकाशित मिति : 26 May, 2023 10:45 am

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर तोलाको एक लाख ८ हजार ३०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको १३४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी तोलाको १३५० रुपैयाँमा कारोबार भएको थियो ।