१२ बैशाख २०८१, बुधबार

भारत भ्रमणमा कालापानीलगातका नेपाली भूमि फिर्ता लिनेबारे छलफल हुने

प्रकाशित मिति :  28 May, 2023 8:23 am


काठमाडाैँ । प्रधामन्त्री पुष्पकमल दाहालकाे आसन्न भारत भ्रमणका क्रममा कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग छलफल हुने भएकाे छ । 

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताएका हुन्। शनिवार संसदमा बाेल्दै उनले नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भिरतापूर्वक छलफल गर्न ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका हुन्। 

प्रधानमन्त्री दाहालले २ वर्ष भित्र भूमि सम्बन्धि समस्या समाधान गर्ने आश्वासन दिए । शनिबार सांसदहरुले सोधेका स्पष्टिकरणबारे जवाफ दिने क्रममा उनले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वास व्यक्त गरे। उनले आफ्नो भारत भ्रमणमा सार्क बैठकलाई सुचारु गर्ने विषयमा पनि छलफल गर्ने बताए।

“सार्क बैठकको बारेमा छलफल चलिराखेको छ । यो विषयमा मेरो गम्भिर रुपले ध्यान छ । यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन । पञ्चेश्वर परियोजना अघि बढाउने बारे एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ । र, निकै सकारात्मक ढंगले छलफल चलिराखेको छ ।” दाहालले भनेका छन् । 



प्रतिक्रिया दिनुहोस !