आज आर्थिक वर्ष ०७९/८० को आर्थिक सर्वेक्षण संसदमा पेश हुँदै
प्रकाशित मिति : 28 May, 2023 9:00 am
काठमाडाैँ । आगामी आर्थिक वर्ष ०७९/८० को आर्थिक सर्वेक्षण आइतवार संसदमा पेश हुने भएकाे छ ।
आज दिउँसाे एक बजे वस्ते प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेश गर्नेछन् ।
जेठ १५ गते आर्थिक वर्षकाे नियमित बजेट संसदमा पेश हुने प्रावधान अनुरूप बजेटकाे अघिल्लाे दिन आइतवार आर्थिक सर्वेक्षण संसदमा पेश हुन लागेकाे हाे ।








