१६ चैत्र २०८०, शुक्रबार

बडिमालिका क्षेत्रलाई खुल्ला सांस्कृतिक सङ्ग्रहालयमा विकास गरिने, खप्तडमा केवलकार प्रोत्साहन गरिने

प्रकाशित मिति :  29 May, 2023 7:04 pm


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बडिमालिका क्षेत्रलाई खुल्ला सांस्कृतिक सङ्ग्रहालय को रूपमा विकास गरिने बताएका छन् ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले खोटाङको हलेसी तुवाचुङ क्षेत्र, मधेश प्रदेशको मिथिला क्षेत्र र बाजुराको बडिमालिका क्षेत्रलाई खुल्ला सांस्कृतिक सङ्ग्रहालय को रूपमा विकास गरिने बताए। गोरखा जिल्लामा जनजातिको संस्कृति र जीवनशैली झल्किने गरी जीवन्त सङ्ग्रहालय स्थापना गर्न प्रक्रिया अघि बढाइनेछ उनले बताएका छन् ।

उनले खप्तड लगायत पर्यटकीय सम्भावना भएका महत्त्वपूर्ण क्षेत्रहरूमा केवलकार निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताए। पदयात्रा, पर्वतारोहण लगायतका पर्यटकीय सेवामा दिइने अनुमतिमा एकद्वार प्रणाली लागु गरिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !